Section 18A
कृषकको अधिकार रहने
(१) नेपालमा परम्परादेखि प्रयोग र अवलम्बन गरिदैं आएको स्थानीय बीउ बिजन वा जात वा कृषि प्रजातिको बालीको बीउ बिजनमा कृषकको स्वामित्व, जात छनौट, संरक्षण र वितरणको अधिकार रहनेछ।
(२) नेपालमा कुनै कृषक समूहले परम्परादेखि सामूहिक रुपमा प्रयोग र अवलम्बन गरिदैं आएको स्थानीय बीउ बिजन वा जात वा कृषि प्रजातिको बालीको बीउ बिजन त्यस्तो कृषक समूहको नाममा सामूहिक स्वामित्व हुने गरी प्रचलित कानून बमोजिम दर्ता गर्न सक्नेछन्‌।